काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बञ्चरे डाँडामा फोहोर बिसर्जनसम्बन्धी ११ बुँदे सहमति भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति पछि हटेको छ। अवरोध हटाउन साथ सहयोग र सहजीकरण गर्नु हुने सबैलाई धन्यवाद।’ बिहीबार सिंहदरबारमा भएको […]
समाचार
नेकपा एमालेले आज काठमाडौँमा कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय […]
एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच खेल, लुम्बिनी बिजयी
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पहिलो खेलमा पराजित गरेको छ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दोस्रो संस्करणको पाँचौ खेलमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित हासिल गरेको हो । चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका […]
साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित
काठमाडौँ। साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयोजित भव्य साहित्यिक समारोहमार्फत कवि किशनसिंह धामीको कविता–सङ्ग्रह ‘सम्बोधनमा छोरी’ र समालोचक डा. हिरण्यलाल ज्ञवालीको समालोचनात्मक कृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को आज विधिवत् लोकार्पण सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा प्रतिष्ठित साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]
माओवादीका महासचिव र प्रवक्ताले भेटे प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेर प्ररधानमन्त्री लाई भेटेका हुन् । प्रधानमन्त्री कार्कीले दलहरूसंग बुधबार सिंहदरवामा भेटवार्ता गरेकी थिइन् । माओवादीका नेताहरू छुट्टै बालुवाटार पुग्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ […]
न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन नभएको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । न्याय परिषदमा न्यायाधीशहरु विरुद्ध परेको उजुरीको छानबिन नभएको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्ध दिएको उजुरी छानबिन नभएको भन्दै न्याय परिषद् अध्यक्षसहित ६ जनालाई विपक्षी बनाएका छन् । जिल्ला न्यायाधीश पुष्पराज थपलिया, उच्च अदालतका न्यायाधीशहरू कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टिकाराम आचार्यविरुद्ध परेको उजुरीको तत्काल […]
सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास […]
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित
बुटवल । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, […]
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज […]
कालीमाटी भित्रिएको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले […]











