प्रधानमन्त्री ओलीविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

pm oli

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधातामाथि प्रश्न उठाउँदै दायर भएको रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको छ । न्यायाधीहरू तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्रीलाई समर्थन प्राप्त भएका कागजातहरू झिकाउने र अग्राधिकारसहित पूर्ण इजालासमा सुनुवाइ गर्ने आदेश गरेको हो । अधिवक्त वीरेन्द्र केसीले सरकारमा सहभागी भएको दल नाउपाले […]

विधायन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित

काठमाडौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागु हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर […]

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

काठमाडौं । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । मनाङ क्षेत्र नम्बर १ (२)बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ […]

नारायणकाजी श्रेष्ठविरुद्धको अवहेलना मुद्दा श्रेष्ठ र पौडेलको संयुक्त इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलना सम्बन्धी मुद्दा मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका […]

संघीय निजामती सेवा विधेयक : सरकार पछि हटेपछि अवकाश उमेरहदको विवाद टुंगियो

काठमाडौं । लामो विवादपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश उमेरसम्बन्धी विवाद समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभाबाट पारित प्रतिवेदनमै रहेको व्यवस्था स्वीकार गरेसँगै विधेयकको गाँठो खुलेको हो। प्रतिनिधि सभाले पारित गरेर पठाएको व्यवस्थाअनुसार, विधेयक ऐनमा रूपान्तरण भएको वर्ष ५८ वर्ष पूरा गर्ने कर्मचारीलाई अवकाश, अर्को वर्ष ५९ वर्ष र […]

अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समिति सदस्यमा मनोनित भएकी छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन्। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम […]

फेवातालमा हाम फालेकी महिलाको सशस्त्रले गर्‍यो उद्धार

काठमाडौँ । पोखरास्थित फेवा तालमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। मंगलबार बिहान करिब पाँच बजेतिर एक जना महिला पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी थिइन्। मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। डिएसपी […]

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार बिहान चीन पुगेका छन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ‘प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले सैन्य परेडमा लगायत कार्यक्रम गर्दैछ। ती कार्यक्रममा सहभागी हुन सोमबार प्योङयाङबाट हिँडेका किम मंगलबार बिहान चीनमा […]

गोरखामा बिहानै ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । गोरखा जिल्लामा आज बिहान ४ म्याग्निच्युडको हल्का भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर बिहान करिब ६ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का गोरखासहित वरपरका केही जिल्लामा समेत हल्का मात्रामा महसुस गरिएको स्थानीयहरूले बताएका छन्। यद्यपि अहिलेसम्म कुनै भौतिक […]

नेपालको ‘ए’ क्रिकेट टोलीले जित्यो आसामविरूद्ध टी-२० सिरिज

काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टोलीले भारतको आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। सोमबार भएको पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो। यसअघिका चार खेलमा दुवै टोलीले दुई दुई खेललमा जित निकालेको थियो। शुक्रबार नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ […]