प्रतितोला ४ हजार ६ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ घटेको छ। बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ र आज प्रतितोला चार हजार ६ सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा किनबेच भइरहेको […]

गृह मन्त्रालयमा सुधन गुरुङ र अर्थमा स्वर्णिम वाग्ले, बालेन सरकारमा जाने १५ मन्त्रीको नामलिस्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। आजै शपथ र पदभार ग्रहणको कार्यक्रम छ। बालेन नेतृत्वको सरकारमा १५ जना मन्त्री हुनेछन्। संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइने भए पनि मन्त्रालय संख्या घटाएर १५ मा झार्न लागिएको हो। रास्वपाले चुनावी वाचामा पनि मन्त्रालय संख्या घटाउने उल्लेख गरेको […]

रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले आजै शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिनेछन्, जसमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ। काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई […]

स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए थप १० दिनको समय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्। इरानसँग वार्ता भइरहेको भन्दै ट्रम्पले इरानी ऊर्जा संरचनामा हमला गर्ने निर्णय थप दिनका लागि स्थगित गरेको भनेर आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा लेखेका छन्। ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका […]

मर्यादा पुरुष श्री रामचन्द्रको पूजा आराधना गरी आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदै छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको धार्मिक विश्वास छ। विष्णुको सातौँ अवतार मानिने श्रीरामको जन्म पुनर्वसु नक्षत्रमा कर्कट लग्नमा भएको उल्लेख गरिन्छ। […]

देशले आज नयाँ प्रधानमन्त्री पाउँदै, शुभ साइतमा बालेनको सपथ

काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । सुभ साइत पारेर दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीका […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी […]

राखेपको निलम्बनपछि एन्फाको निर्वाचन स्थगित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ । एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको बुधबारको बैठकले खेलकुद विकास ऐन […]

रास्वपा संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। शाह दलको नेता चयन भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यसैक्रममा, […]

कार्की आयोगको प्रतिवेदन विवादास्पद भन्दै अध्ययनका लागि बारले बनायो समिति

काठमाडौँ । नेपाल बार एशोसियसनको आकस्मिक बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमतिसहित विरोध जनाउने निर्णय गरेको छ । प्रतिवेदनका कतिपय ठाउँमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामाथि प्रहार भएको, कानुन व्यवसायीमाथि लान्छना लगाइएको र अन्य आपत्तिजनक विषयवस्तु समावेश भएको देखिएकाले विरोध गर्नु परेको नेपाल बार एशोसियसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बताए । ‘तत्कालका लागि प्रारम्भिक […]