एकपछि अर्को विवादास्पद निर्णय गरेकी महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् । सामान्यतया: प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ । उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् । करिब साढे […]

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।  लगत्तै धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त […]

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए […]

अर्थमन्त्री वाग्लेकाे पहिलो निर्णय : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वार्णिम वाग्ले ले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि उनले अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाले। पदभार ग्रहण गर्दै वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। सोअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ वटा ऐन खारेज वा संशोधन […]

पदभार ग्रहण गर्दै गृहमन्त्री सुधन गुरुङले भने : कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणपछि मन्त्रालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । उनी पदभार ग्रहण कार्यक्रम सकेर केहीबेर अघिमात्रै मन्त्रालयबाट निस्किएका छन् । उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी चलाएर निस्किए । उनले आफ्नै व्यक्तिगत गाडी लिएर मन्त्रालयबाट निस्किएका हुन् । गृहमन्त्री […]

लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार दिउँसो सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको छ। हेलिकप्टरको अवस्थाबारे अहिलेसम्म जानकारी मिल्न सकेको छैन। सुरक्षानिकायले हेलिकप्टरको […]

प्रधानमन्त्री बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । शुक्रबार दिउँसो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् । ‘नेपालका प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई,’ मोदीले लेखेका छन्, ‘तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।’ मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै […]

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, बालेन क्याबिनेटमा ३३ प्रतिशत महिला

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । बालेन नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला […]

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । […]

सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ LIVE

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)को शपथ ग्रहण समारोह सुरु भएको छ । केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।