काठमाडौं । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA) द्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ। ४५ देशका ६० सूचना पहुँच केन्द्रका कार्यक्रमलाई समेट्दै आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएको थियो। ३ देखि ५ मिनेट […]
समाचार
नेपाल उद्योग व्यापार महासंघ ललितपुरको अध्यक्षमा दोहोरिए घिमिरे, ४१ सदस्यीय कार्यसमिति
ललितपुर । नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको अध्यक्षमा राज घिमिरे दोहोरिएका छन् । मंगलबार भएको दोस्रो जिल्ला अधिवेशनबाट उनी पुन अध्यक्ष निर्वाचित भएका छन् । घिमिरेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । जसमा १५ जना पदाधिकारी रहेका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल रहेका छन्। त्यसैगरी उपाध्यक्षहरूमा तिर्थबहादुर लामा, गणेश […]
निर्वाचनबाट मात्र संविधान र राष्ट्रियताको रक्षा सम्भवः पूर्वमन्त्री पम्फा भुसाल
ललितपुर । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्। नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्। भुसालले […]
खोला मापदण्डविरुद्ध बिहीबार विरोध र्याली
बुद्ध शरण शाही, काठमाडौँ । बागमती र विष्णुमती नदी किनारमा लागू गरिएको ४० मिटर खोला मापदण्डविरुद्ध काठमाडौं उपत्यकामा सडक प्रदर्शन हुने भएको छ। सर्वोच्च अदालतले मुख्य तथा सहायक नदीको दायाँ–बायाँ पहिलेदेखि कायम २० मिटरमा थप २० मिटर जोडेर ४० मिटर क्षेत्रमा कुनै संरचना निर्माण गर्न नपाइने फैसला गरेपछि त्यसविरुद्ध आन्दोलन घोषणा गरिएको हो। उपत्यकाव्यापी सडक […]
शीतलहरले जनजीवन दयनीय, तीन तहको सरकार हुँदाहुँदै दाताको मुख ताक्न बाध्य
ललिता साह, मधेस प्रदेश । पुस लागेसँगै सप्तरीसहित मधेश र लुम्बिनी प्रदेशमा कठ्याङ्ग्रिँदो चिसो बढेको छ। पछिल्ला दुई सातादेखि लगातार चलेको शीतलहरले जनजीवन प्रभावित बनेको छ। गत वर्ष पुस सकिन लाग्दा मात्र जाडो प्रवेश गरेको थियो। तर यो वर्ष पुस लाग्नुअघि नै शीतलहर सुरु भएको छ। अत्यधिक चिसोका कारण विपन्न समुदायका सयौँ बालबालिकाले विद्यालय जान […]
यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार, नामावलीसहित
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ। कांग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो। कांग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्। यसपालि कांग्रेसले केही जेनजी, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ। कांग्रेसले […]
ओलीको बोलीमा विद्यावारिधी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमाथि विद्यावारिधी गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट सानुमैयाँ खड्काले विद्यावारिधी गरेकी हुन् । उनले प्रस्तुत गरेको शोधमा ओलीका भाषणलाई पूर्वीय दर्शनको व्यञ्जना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ। शोधले ओलीका अभिव्यक्तिहरू उखान–टुक्कामा मात्र सीमित नभई गहिरो दार्शनिक व्यञ्जनायुक्त रहेको निष्कर्ष निकालेको छ। खड्काका अनुसार ओलीका कथनहरूमा […]
राष्ट्रपति पुत्री र पूर्वराष्ट्रपति पुत्र कांग्रेसका समानुपातिक उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री र पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्रलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ । कांग्रेसले पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति डा. यादवका पुत्र डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाएको हो । कास्कीकी संज्ञाको नाम ६२ नम्बरमा छ भने धनुषाका डा. चन्द्रमोहनको ७६ नम्बरमा छ ।
आईजीपी कार्कीको दावी : जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेन-जी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् । मंगलबार काेटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनः निर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेन-जी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् । […]
केपी ओलीको कटाक्ष : बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि […]











