काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी […]
समाचार
संसदीय मर्यादा उल्लङ्घन भएको जाँचबुझ समितिको ठहर, विशेषाधिकारको प्रयोग गर्न सभामुखलाई सुझाव
काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ । समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्ने सम्मका व्यवस्थालाई कार्यान्वयन गर्न सुझाव दिएको छ । समितिले सांसदहरूले […]
चीनका लागि ७ पूर्वराजदूतको प्रश्न- दलाई लामाको जन्मदिन सरकारको सहमतिमा मनाइएको हो?
काठमाडौँ । चीनका लागि ७ जना पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको जन्मदिन मनाएको विषयमा आपत्ति जनाएका छन्। असार २२ गते नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा ९१औं जन्मउत्सव मनाइएको विषयमा बिहीबार ७ पूर्वराजदूतले संयुक्त वक्तव्य जारी गर्दै सरकारको सहमतिमा उक्त जन्मदिन मनाइएको हो भनेर प्रश्न समेत गरेका छन्। ‘यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१-२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । […]
इरानमाथि अमेरिकाको हवाई आक्रमण नरोकिएपछि संकटमा युद्धविराम सम्झौता
वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि अर्को चरणको हवाई आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति भएको आक्रमण–प्रत्याक्रमणपछि ‘आज राति फेरि उनीहरूलाई कडा प्रहार गर्नेछु’ भन्ने संकेत दिएलगत्तै यी आक्रमण भएका हुन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी भागका सिरिक र बन्दर अब्बास लगायतका क्षेत्रमा विस्फोट भएका छन् । यी दुवै बन्दरगाह सहर […]
शैक्षिक परामर्श क्षेत्र सरकारसंग असन्तुष्ट
नवराज काफ्ले, काठमाडौं । एउटा विद्यार्थीले वर्षौंको सपना बोकेर विदेश जाने बाटो रोज्दा त्यससँगै अभिभावकको जीवनभरको बचत र भरोसा पनि जोडिएको हुन्छ । त्यही भरोसालाई संस्थागत, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य लिएर सरकारले तयार पारेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ आज मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ । शैक्षिक […]
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ। न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस […]
कांग्रेसले विभाग नबनाउने, विभागको काम नीति प्रतिष्ठानले गर्ने
काठमाडौं । नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ […]
प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको हो – नेकपा सांसद तामाङ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संसद्प्रति प्रधानमन्त्री बालेन शाहलाई उत्तरदायी बनाउने बनाउने सन्दर्भमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका खोजेको छ । बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले यस्तो आग्रह गरेका हुन् । सीमा विवादबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने उनको आग्रह छ । यो विषयमा निरन्तर संसद्मा कुरा उठ्दा […]











