विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिले प्रचार भएको विषय सत्य नभएको र आयोगले आजै त्यसबारे स्पष्ट पार्दै प्रेस नोट जारी गर्ने तयारी गरेको बताए […]
समाचार
मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, ६ मन्त्रीले सपथ लिने
जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने […]
ग्यास बुलेट पल्टिएर अबरुद्ध बनेको चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुल्यो
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए । क्रेनको सहायताले ग्याँस बुलेटलाई […]
रातभर ग्यास फ्याँकेर हटाइयो टङ्याकर, राजमार्ग सुचारु
रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग […]
पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै बादल लक्षित गोकुलको झटारो
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् । नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती समेत दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक […]
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य […]
वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत भेटिए
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे […]
४५ देश संलग्न भिडियो प्रतियोगितामा नास्ट तेस्रो बन्न सफल
काठमाडौं । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA) द्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ। ४५ देशका ६० सूचना पहुँच केन्द्रका कार्यक्रमलाई समेट्दै आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएको थियो। ३ देखि ५ मिनेट […]
नेपाल उद्योग व्यापार महासंघ ललितपुरको अध्यक्षमा दोहोरिए घिमिरे, ४१ सदस्यीय कार्यसमिति
ललितपुर । नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको अध्यक्षमा राज घिमिरे दोहोरिएका छन् । मंगलबार भएको दोस्रो जिल्ला अधिवेशनबाट उनी पुन अध्यक्ष निर्वाचित भएका छन् । घिमिरेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । जसमा १५ जना पदाधिकारी रहेका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल रहेका छन्। त्यसैगरी उपाध्यक्षहरूमा तिर्थबहादुर लामा, गणेश […]
निर्वाचनबाट मात्र संविधान र राष्ट्रियताको रक्षा सम्भवः पूर्वमन्त्री पम्फा भुसाल
ललितपुर । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्। नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्। भुसालले […]











