आजबाट अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवतको अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ भएको छ । येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले तयार पारेको यो पात्रो विश्वका धेरै मुलुकमा प्रचलनमा रहेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ । नयाँ वर्षको अवसरमा यो पात्रो अनुसरण गर्नेहरूले आज शुभकामना साटासाट गर्दै विभिन्न कार्यक्रममार्फत उत्सव मनाइरहेका छन् । इस्वी […]

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो […]

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । नेप्से सूचक […]

रविको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जमानत बसिदिएका मनोहर प्रधान पार्टीको समानुपातिक सूचीमा परेका छन्। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपैयाँ जमानत दिएका थिए। उक्त मुद्दाको कुल बिगो रकम १० करोड ९९ लाख ३६ हजार रूपैयाँ थियो। त्यसमध्ये लामिछानेले आफ्नो भागमा पर्ने २ […]

रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोईरोई छाडेको भन्दै अहिले फर्कँदा खुसी लागेको बताएका छन् । बुधबार दुई राप्रपाको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले पुरानो अनुभूति सुनाएका हुन् । ‘यसलाई एकता भनिएपनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना […]

राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति (पूर्णपाठसहित)

काठमाडौं । समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित एकता घोषणा गरिएको हो । सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहनेछ […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न पोखरा पुगे रवि

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा पुगेका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए । ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’ अदालतका सूचना अधिकारी रामबहादुर किसानले […]

पेरुमा रेल दुर्घटना, एक जनाको मृत्यु, ४० बढी घाइते

एजेन्सी । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्। मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ। अधिकारीहरूले घाइते यात्रुहरूको पहिचान गरिरहेको बताएका छन् । धेरैजसो घाइते विदेशी पर्यटक हुन् र अधिकांशको अवस्था गम्भीर छ । घटनास्थलमा यात्रुहरूले पठाएका भिडियोमा घाइतेहरू रेल पटरिमा लेटेका […]

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]

कांग्रेस समानुपातिक सूचीमा निधिकी भान्जी परेपछि मधेसमा विरोध

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिधिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा नेता विमलेन्द्र निधिकी भान्जी परेपछि मधेस कांग्रेसभित्र विरोध भएको छ। निधिले नै आफ्नी भान्जी निनु कर्णलाई सिफारिस गरेर समानुपातिक सूचीमा मधेसी महिलाको एक नम्बरमा राखेको भन्दै विरोध भएको हो।विरोध जनाउने मध्येमा जनकपुर कांग्रेसका पूर्व नगरसभापति रहेका जीवनाथ चौधरी छन् र उनले फेसबुकमै […]