एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् । प्रतिनिधिसभा चुनावमा झापा-५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।

दोलखामा मतपत्र लुटपाट हुन थालेपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा

काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए । ‘बुथ एजेन्टहरूलाई सुरक्षित […]

भोट हालेपछि चितवनबाट हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड

काठमाडौं । गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज बिहान मतदान गरेका हुन् । चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगेका हुन् । रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा […]

झापामा ल्यान्ड हुन नसकेपछि बालेन सवार हेलिकप्टर काठमाडौंमै फर्किएर अवतरण

काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ । हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो । खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको […]

मतदान गर्ने क्रममा विवाद भएपछि दोलखामा हवाई फायर

काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे । ‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ […]

लगातार तेस्रो पटक सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्याण्ड

मुम्बई । टी-२० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्याण्डबिच खेलिँदैछ। यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनलमा लगातार तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि २०२२ र २०२४ मा पनि यी दुईबिच सेमिफाइनलमै प्रतिस्पर्धा भएको थियो, जसमा दुवैले १-१ खेल जितेका थिए। रोचक कुरा के छ भने, सेमिफाइनलमा […]

विप्लवले रोल्पाबाट गरे मतदान

काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । चन्दले १ दशकभन्दा बढी समयपछि पहिलोपटक मतदान गरेका हुन् । बिहीबार बिहान परिवर्तन गाउँपालिका-३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट उनले मत खसालेका छन् । यसअघि उनको पार्टीले निर्वाचन बहिस्कार गर्ने नीति लिएको थियो । यसपटक भने उनको पार्टी […]

काठमाडौं–४ बाट कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ । सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं–४ छाडेर सर्लाही–४ […]

धापासी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् मतदान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। काठमाडौंको क्षेत्र नम्बर-५ स्थित धापासी निमावि, फैमालचुली केन्द्र पुगेर बिहानै प्रधानमन्त्री कार्कीले मतदान गरेकी हुन्। बिहीबार प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह पनि गरेकी छन्। ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न […]

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो, ४ मत खसेको मतपेटिकामा क्षति

काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो । इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो । गोली पड्किंदा […]