काठमाडौँ । दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सुको अवस्था देखिएको छ। सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेकाे छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। […]
समाचार
डिजेल/मट्टितेलको मूल्य घट्यो, आजदेखि कति ?
काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले […]
विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
जनकपुरधाम । पार्टीको निर्देशन विपरीत मधेशका वन तथा वातावरण मन्त्री बनेकी कञ्चन विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेश सभालाई पत्राचार गरेको छ । राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत २४ कात्तिकमा संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री […]
प्रतिनिधि चयनमा गुटगत चलखेल भएपछि पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले गरे एमाले परित्याग
धनगढी । बैतडीमा नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाका अध्यक्षले राजीनामा घोषणा गरेका छन् । सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको भन्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले प्रदेश सल्लाहकार समिति सदस्य रहेका चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टी परित्याग गरेको […]
दल दर्ता गर्न थपिएको समय आज सकिँदै
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप […]
चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन पनि बढ्यो
काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड […]
भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा आज बहस हुन लागेको हो । उक्त निर्णय विरुद्ध […]
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा आज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्। वैकल्पिक तथगा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई […]
उपभोक्ता हितका लागि ललितपुर-३ मा बिषादी परिक्षण केन्द्र सञ्चालन
ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण र नियन्त्रण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो । परिक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा […]
दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको […]











