नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको […]
समाचार
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ। अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा […]
पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्। नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ । विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो […]
एमाले महाधिवेशनका लागि भक्तपुरबाट १४ प्रतिनिधि सर्वसम्मत, अध्यक्ष ओली पक्षको पल्ला भारी
भक्तपुर । नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बिधान बमोजिम विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गर्दै शनिबार उनीहरू महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना तथा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर […]
सफ्टवेयरमा गडबडीपछि एयरबसका ६ हजार जहाज अस्थायी ग्राउन्डेड
काठमाडौँ । विश्वका ६ हजार भन्दा बढी जहाजहरू शनिबार अस्थायी रूपमा ग्राउन्डेड भएका छन्। युरोपेली विमान निर्माता कम्पनी एयरबसले ए३२० सिरिजका विमानको सफ्टवेयरमा समस्या देखिएकाले सबै विमानहरुमा त्यसको चेकजाँच गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सहरूको उडान अवरूद्ध भएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यू जर्सी उडेको जेटब्लु अचानक उचाई […]
एनपीएल : जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।सुदूरपश्चिमका लागि […]
दुईतिहाइको दम्भमा भ्रष्टाचारीलाई बचाएपछि ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले त्यतिबेला प्रधानमन्त्री केपी ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको टिप्पणी गरेका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनताले लखेटेपनि अझै अहङ्कार र दम्भ नहटेको बताए। जनताको मन जित्न नसके चुनाव जितेर मात्रै केहि नहुने […]
रास्वपा र विवेकशीलको एकता घोषणा सभा भोलि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ । पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ । आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग […]
बलामीका दुई कृति बजारमा
काठमाडौ । गजलकार रीता बलामीको ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन भएको छ । प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे । वरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा रातोघर र कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलद्वारा आयोजित सो विमोचन कार्यक्रममा ‘बालमञ्जरी’ को विमोचन प्रमुख […]
रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण
भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् । […]











