चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि निर्माण गरिएका स्वागत गेटका कारण अड्किएका पाँच भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ। शनिबार दिउँसो करिब २ बजे पूर्वी चितवनको टिकौली जंगल क्षेत्रमा पुगेका ती ट्रक स्वागत गेटको उचाइ कम भएका कारण पार गर्न नसकी निपनी क्षेत्रमा रातभर रोकिएका थिए। आज बिहान स्वयंसेवक र […]
समाज
रिठा बजार नजिक बस दुर्घटना : २४ यात्रु घाइते
धनगढी । बाजुरामा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनामा बसमा सवार २४ जना घाइते भएका छन्। घाइतेमध्ये २३ जनालाई उपचारका […]
लागूऔषध विरुद्ध भक्तपुरमा सचेतना कार्यक्रम सम्पन्न
आकाश गजुरेल, भक्तपुर । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभियान अन्तर्गत मध्यपुर थिथि नगरपालिका–३ को संयोजन तथा सामुदायिक विकास तथा सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कौसलटारबाट सुरु गरिएको सचेतनामूलक र्याली गठ्ठाघरमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा सामुदायिक प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता तथा स्थानीय […]
इसराइल र हिजबुल्लाहबीच युद्धविराम, खुल्यो अमेरिका-इरान वार्ताको ढोका
काठमाडौँ । इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएको छ। लेबननको इरान समर्थित लडाकू समूह र इसराइलबीच शुक्रबार युद्धविराम भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शुक्रबार लेबननको समयअनुसार अपराह्न ४ बजेदेखि युद्धविराम लागु भएको हो। दुवैले जुन २३ देखि २५ सम्म वाशिङ्टनमा इजरायल–लेबनान वार्ताको अर्को चरण आयोजना गर्ने विषयमा पनि छलफल गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावरहरूलाई विभागको निर्देशन
काठमाडौँ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसारको तलब र सेवा-सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै पटक-पटक गुनासो गरेपछि सरकारले यस विषयमा कदम चालेको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थाहरू (म्यानपावर) लाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल […]
आज बाढी पहिरोले देशका यी राजमार्ग छन् अवरुद्ध
काठमाडौँ । पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका […]
यस वर्ष ६ दिन ढिलो कोशी प्रदेशबाट नेपाल भित्रियो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
काठमाडौँ । नेपालमा यस वर्षको मनसुन प्रणाली शुक्रबार (असार ५ गते) कोशी प्रदेशको केही भू–भागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ भने देशका अन्य भू–भागमा फैलिन अझै केही दिन लाग्ने देखिएको छ। महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार नेपालको पूर्वी भू–भागबाट […]
संसदमा बादर नियन्त्रणको बहस चलिरहेकै बेला काभ्रेमा बादरको एम्बुसमा महिलाको मृत्यु
तस्बिर : सांकेतिक काभ्रे । संघीय संसदमा बादर नियन्त्रणका लागि मार्न पाउने वा नपाउने विषयमा बहस चलिरहेकै बेला काभ्रेपलाञ्चोकमा बाँदरबाट बाली जोगाउने प्रयासका क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। काभ्रेको पनौती नगरपालिका–१२, महभीरमा स्थानीय रामशरण मुल्मीकी ६८ वर्षीया श्रीमती कमला मुल्मीको आफ्नै काक्रो बारीमा जडान गरिएको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो। […]
पिताको स्मृतिमा विद्यालयलाई धारा
शिशिर गौतम, बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलले पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानीको धारा निर्माण गरिदिएका छन् । सो खानेपानी धारा आज एक विशेष समारोहका बीच जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३, बदेलपोखरीलाई हस्तान्तरण गरिएको छ। सोही अवसरमा धाराको औपचारिक उद्घाटन समेत सम्पन्न गरिएको थियो । संस्थापक अध्यक्ष भेषराज […]
बैतडीमा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, १० जना घाइते
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब ५:४० बजे अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ […]










