ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिने

ललितपुर। ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पहिलो चरणको निमोनिया विरुद्ध कात्तिक १४ देखि १७ गतेसम्म ७४ वर्षभन्दा माथिका नागरिकलाइ खोप लगाइने कार्यक्रम सञ्चालन गरिने जनाएको हो । ललितपुर महानगरपालिका क्षेत्र भित्रका स्थानीय नागरिहकहरूले खोप लिन नागरिकता प्रमाणपत्र र वडा कार्यालयबाट जारी भएको प्रमाण नामावलीको आधारमा […]

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

काठमाडौँ । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र […]

अलमुताइरी भए ३ वर्षका लागि पुनः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र […]

सर्वोच्चको सुनुवाइ प्रभावित भएकोप्रति बारले माग्यो सेवाग्राहीसँग माफी

काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायलयमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित भएकोप्रति सेवाग्राहीसँग क्षमा मागेको छ । बारका महासचिव लीलामणि पौडेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा अनपेक्षित तर अनिवार्य परिस्थिति सृजना भएकाले न्यायका उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको हो । “यस पुनित कार्यमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ, न्यायपालिकाको समग्र सुधारका अभियान […]

जाजरकोटमा नेपाली सेनाले बनायो रातमा पनि अवतरण गर्ने मिल्ने हेलिप्याड

जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालीन हेलिप्याड निर्माण गरेको हो । चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको […]

वेमौसमी वर्षाको बाढीले सवा ८ अर्बको धान नष्ट

काठमाडौं । बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धान क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ । ‘ती क्षेत्रफलबाट ३ लाख […]

मकालु आधार शिविरमा एक पर्यटकको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक जना डेनिस नागरिकको मृत्यु भएको छ। शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए। उनी मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका थिए। प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही […]

नेवार समुदायहरुको छाता संगठन ‘ नेवा: जातीय महासंघ ’ गठन

  कार्तिक ७ ,काठमाडौँ। नेवार समुदायहरुको छाता संगठन ‘ नेवा: जातीय महासंघ ’ गठन भएको छ। नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको अवद्द महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरि विधिवत रुपमा शनिवार एक कार्येक्रम बीच धोषणा भएको हो । नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गी अध्यक्ष रहेको महासंघमा उपाध्यक्षमा स्यस्यः समाजका […]

विराटनगर विमानस्थल भोलिदेखि सञ्चालनमा आउने

काठमाडौँ। बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका […]

इटालीको सिरी ए खेलेका विकास मेराग्लिया भन्छन्ः नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक छु

काठमाडौँ । युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास मेराग्लियाले नेपाल राष्ट्रिय टोलीबाट खेल्ने अवसर आएमा स्वीकार्य रहेको बताएका छन् । उनले आफ्ना लागि यो खुसीको कुरा हुने पनि बताए । बिहीबार शहिद स्मारक ए डिभिजन क्लब च्यासल युथले गरेको पत्रकार सम्मेलनमा बोल्दै १८ वर्षीय विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर आए खुसी […]