काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई आइतबार दिउँसो ३ बजे कार्यालयमा स्वागत गर्ने भएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार रिहा भएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् । […]
राजनीति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। सचिवालयका अनुसार उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा डा. भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट तथा छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र दक्षिण एसियाको समसामयिक राजनीतिक अवस्थाबारे उनले […]
मधेस प्रदेशमा आज सभामुख चयन हुँदै, यादव र त्रिलोकीबीच प्रतिस्पर्धा
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेश सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादबीच प्रतिस्पर्धा हुने भएको हो। रामअशिष यादवको उम्मेदवारीमा […]
सरकारको सय दिनमा प्रधानमन्त्री कार्कीको सम्बोधन : सुशासन र निर्वाचन नै अर्जुन दृष्टि
कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ […]
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए । […]
मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो । यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए । साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे थियाे । […]
एमालेको सक्रिय राजनीतिबाट बिदा भए ३३ वर्ष लगातार केन्द्रीय कमिटीमा रहेका काशिनाथ
काठमाडौँ । नेकपा एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट लामो स्ट्याटस लेख्दै ३३ वर्ष केन्द्रीय कमिटीमा काम गर्दा पनि आफू नेता नभएको भन्दै यो महाधिवेशनदेखि सक्रिय राजनीतिबाट बिदा भएको बताएका हुन्। काशिनाथ अधिकारी एमालेको पाँचौं महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा थिए। ‘पचास वर्षको राजनीतिक जीवनमा […]
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्न लागेको हो । मंसिर २७ गते भक्तपुरमा उद्घाटन भएर सुरु भएको महाधिवेशन पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्न […]
रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् । उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण […]
पूर्वमाओवादीका रामबहादुर थापा र लेखराज भट्ट बने एमाले पदाधिकारी
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा र लेखराज भट्ट विजयी भएका छन् । भृकुटीमण्डपमा बिहीबार सम्पन्न मतगणनामा उपाध्यक्षका उम्मेदवार थापा १५१६ मत ल्याएर विजयी भएका थिए । उपमहासचिवका उम्मेदवार भट्ट पनि १४५२ मत ल्याएर विजयी भएका छन् । तीन जना उपमहासचिवमध्ये भट्टले पाएको मत सर्वाधिक हो । थापा र भट्टले २०७७ […]











