नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउन हरिबोल गजुरेलको आह्वान

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीको आन्तरिक संकट समाधान गर्न र नयाँपुस्ताको आकांक्षालाई सम्बोधन गर्न आह्वान गरेका छन् । जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै उनले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न एक ‘संक्रमणकालीन विशेष नीति’ को प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अबको आवश्यकता केवल संगठनात्मक पुनर्संरचना मात्र नभई नेपाली विशेषतासहितको […]

अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्यान्डेट छैन: देव गुरुङ

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता देव गुरुङले वर्तमान अन्तरिम सरकारलाई निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने कुनै संवैधानिक वा राजनीतिक म्यान्डेट नभएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्तरिम सरकारले निरन्तर निर्वाचनसम्बन्धी कानुन संशोधन गर्नु आफैंमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनमाथि गम्भीर आशंका पैदा गर्ने कार्य भएको बताएका छन्। उनले लोकतन्त्रमा अन्तरिम सरकारको दायरा स्पष्ट […]

बयान दिन्न, गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्। प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने ओलीले बताएका छन्। ‘आयोगले छानबिन […]

नवयुवालाई पार्टी नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउने संकल्प गरौँ : गजुरेल

Haribol Gajurel

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबाेल गजुरेलले जेनजी आन्दोलनकाे मर्म र भावना अनुसारकाे पार्टी संगठन निर्माण गर्न नव युवाहरुलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्ने बताएका छन् । उनले जेनजी आन्दोलनको मर्म र भावनाको औपचारिक समर्थन मात्र पर्याप्त नभएको भन्दै यसको मर्मलाई व्यवहारमा उतार्नु नै वर्तमानको आवश्यकता भएको बताए । संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका काम, […]

गगन थापाको दावी : भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् ‘कालो दिन’ का रूपमा चित्रित गरे। भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ता सडकमा उत्रँदा भएको घटनामा धेरै युवाले ज्यान गुमाउनु परेको […]

आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले […]

नेमकिपाका नेताहरू र चिनियाँ राजदूतबीच बिदाइ भेटवार्ता

काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग बिदाइ भेटवार्ता गरेका छन्। पार्टी सचिव प्रेम सुवालको नेतृत्वमा रहेको टोलीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ सहभागी थिए। चिनियाँ दूतावासको आयोजनामा सम्पन्न शिष्टाचार भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय हित, आपसी चासो र सम्बन्ध थप सुदृढीकरणका विषयमा विचार–विमर्श […]

पार्टी कार्यालयमा सम्बोधन गर्दै रवि लामिछानेले के-के भने ? पूर्णपाठसहित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । जेलबाट रिहाइ भएपछि आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । उनले निर्वाचनमा जानुको विकल्प नभएको पनि दोहोर्‍याएका छन् । ‘निर्वाचनमा जानुको विकल्प छैन […]

रास्वपा सभापतिकै रुपमा सक्रिय भए रवि, बाजागाजासहित पार्टी कार्यालयमा स्वागत

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै हैसियतमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका उनी शुक्रबार रिहा भएका थिए । त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ । जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् । शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय […]