त्रिविमा एक सातादेखि आंशिक शिक्षकको तालाबन्दी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् । त्रिवि उपकुलपतिको कार्यालय, रजिस्ट्रार, रेक्टर,सेवा आयोगको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा गत शनिबारदेखि प्राध्यापकहरूले तालाबन्दी गरेर धर्नासमेत दिइरहेका छन् । त्रिवि सेवा आयोगले स्थायी प्रध्यापकको परीक्षा तालिका सार्वजनिक गरेपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन् । पहिला आंशिक प्राध्यापकहरूलाई करार गरेर […]

सांसदको तलबभत्ता अबदेखि सरकारी बैंकबाट खातामै जम्मा हुने

काठमाडौँ । अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् […]

काँग्रेसले ८, माओवादी र जसपालाई ७÷७ मन्त्रालय दिएर मन्त्रिपरिषद विस्तार गरिदै

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । […]

अमेरिकी राष्ट्रपति बाइडनको घोषणाः कोरोना खोप लगाउनेलाई १०० डलर दिइने

काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ […]

प्रदेश प्रमुख डा. अहिराज भन्छन् : दलको होइन, देशको हुँ

प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका छन् । जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा रहेका उनले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका हुन् ।उनले प्रदेश प्रमुख दलको नभई देशको हुनुपर्नेमा जोड दिंदै आफू सोही मान्यता अनुसार अघि बढिरहेको बताए । ‘देश, […]

सरकारको सिफारिसमा लुम्बिनीमा र गण्डकीका प्रदेश प्रमुख बदलिए

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । मंगरबारै भएको मन्त्रिपरिषद्को बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई […]

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई

काठमाडौं, १२ साउन । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने […]

पिताको स्मृतिमा दाहालले दिए माओवादी केन्द्र कार्यालय भवनका लागि रु १ लाख ११ हजार

नेकपा (माओवादी केन्द्र) सिन्धुलीको कार्यालय भवन आफ्नै जग्गामा बनाउने अभियानमा समाजसेवी एवं निर्माण व्यवसायी उद्धवप्रसाद दाहालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो स्वर्गीय पिता इश्वरीप्रसाद दाहालको स्मृती दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरेका हुन् । नेपाल निर्माण व्यवसायी संगठनका केन्द्रीय नेता समेत रहेका दाहालले सोमबार पार्टीका […]

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षमा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाइ दिएको हो। जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिँदा यादब पक्ष महन्थ ठाकुर पक्षभन्दा झण्डै दोब्बरले अगाडी रहेको छ । निर्वाचन आयोगले आज ’हेड काउन्ट’का लागि जसपाका ५१ जना […]

निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको छ : मेयर शाक्य

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्। सो अवसरमा उनले सर्वोच्च अदालतको परमादेशबाट मुलुकमा निर्दलीय प्रधानमन्त्रीले नेतृत्व गरिरहेको बताए। स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको मेयर […]