राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति गरेको हो राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । दुई दलबीच एकता सहमति पत्रमा अजै साँझ हस्ताक्षर हुने उनले बताए । कमल […]

बयान दिन जान रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । ‘आजको बैठकमा उहाँ […]

कांग्रेसले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने

काठमाडौँ । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै महाधिवेशन तयारी […]

तीन दलका शीर्ष नेता, राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो । […]

जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलायो, ओलीलाई पनि पत्र काट्ने तयारी

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले बताए । आयोगले आन्दोलनको समयमा तत्कालीन प्रशासनिक […]

कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी ‘लक’ गरिने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा पुस ९ गते मध्याह्न १२ बजेसम्म कायम गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले पुस ९ गते मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरणको प्रणाली (सिस्टम) ‘लक’ गर्ने निर्णय गरेको हो। नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा भने पुस १० गते प्रणाली लक […]

जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दै सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो । सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय […]

पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुने ईश्वर पोखरेलको चेतावनी

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक […]

फागुन २१ मा चुनाव गर्न राजनीतिक दलहरु एकमत, नभए प्रतिनिधिसभा पुनर्स्थापना !

काठमाडौँ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दल गम्भीर रूपमा लाग्नुपर्नेमा अधिकांश दलका नेताहरू एकमत देखिएका छन्। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा सहभागी नेताहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारको भूमिकालाई निर्णायक बताए। छलफलमा नेताहरूले सरकार आफैँ निर्वाचनको मिति सार्न […]