शान्तिपूर्ण राजनीतिपछि प्रचण्ड र विप्लवको पहिलो पटक भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

तीन महिना भित्र एक तिहाइ नागरिकलाई खोप लगाउने देउवा सरकारको निर्णय

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय गरिएको हो । बैठकले असोजभित्र एक तिहाइ जनसंख्यालाई र चैतसम्म सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीलाई […]

पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र

अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको स्वामित्व भन्दा पनि पूजीपतिहरुको स्वामित्व बढी हुन्छ । अमेरिकी प्रजातन्त्रमा पूजी नै सर्वोपरी हुन्छ भन्दा पनि फरक पर्दैन । अर्थतन्त्रको […]

बने देउवा पाँचौँ पटक प्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति […]

सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना

काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक […]

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश, माधव पक्षलाई कारवाही नहुने सर्वोच्चको फैसला

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी […]

माओवादी केन्द्र खारेजीको माग गर्दै दिएको निवेदन खारेज

  काठमाडौँ। प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेद खारेज भएको छ। माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ […]

सिन्धुपाल्चोकमा बाढीपहिरो पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् […]

निर्वाचन आयोगलाई दल खारेज गर्ने अधिकार छ ? यस्तो छ संबिधानमा

काठमाडौं। नेकपा माओवादी केन्द्र खारेज गर्न माओवादी केन्द्रका पूर्व नेताहरूले पुनः निर्वाचन आयोगलाई ताकेता गरेका छन् । माओवादी केन्द्रबाट कारबाहीमा परि निकालिएका टोपबहादुर रायमाझी, मणि थापासहितका नेताहरूले बुधबार आयोगमा पुगेरे निवेदन दिएका नेताहरू पुन्ह आयोग पुगी माओवादी केन्द्र खारेजी कारवाही छिटो गर्न ताकेता गरेका हुन् । नेपालको संविधानको धारा २६९ को राजनीतिक दल सम्बन्धी व्यवस्थामा […]

पार्टी खारेजीको माग गर्दै पुर्ववालाहरुको हरकत हास्यास्पद : माओवादी केन्द्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माओवादी केन्द्र खारेजीको माग गर्दै हिड्ने हरुको हर्कत हास्यास्पद भएको बताएको छ । नेकपा एमालेमा गएका पुर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको बिषयमा माओवादी केन्द्रले उनीहरुको हर्कलाइ हास्यास्पद गतिविदी बताएको हो । माओवादी केन्द्रबात कारवाही गरेका नेताहरुले पार्टी खारेजीको माग गर्दै […]