अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । […]
राजनीति
सांसद सूर्यबहादुर केसीको निधन
पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ । ३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा […]
काबुल विश्वविद्यालयमा आक्रमण, २२ विद्यार्थीको हत्या
एजेन्सी । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गरी २२ विद्यार्थीको हत्या गरेको छ। तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ। घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् । घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन गम्भीर खतरामा
काठमाडौं, १५ कार्तिक । मार्क्सवादी एकता अभियानले नेपालमा कम्युनिस्ट आन्दोलन र भावी कार्यदिशा विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील नेताहरुले आआफ्नो धारणा राखेका थिए । जुम अन्तरक्रियामा बोल्दै वक्ताहरुले अहिले नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा रहेको बताउँदै अब संसदीय […]
कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
काठमाडौं, १५ कार्तिक । स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको छ । केही दिन अघि मात्र कोरोना भाइरसबाट संक्रमित बनेका नेता विश्वकर्मालाई धापासी स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । शनिवार एकाएक उनको स्वास्थ्मा खराबी देखिएपछि भेन्टिलेटरमा सारिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ । पूर्वमन्त्री समेत […]
हुम्लामा जटामासीबाट बीस करोड आम्दानी
हुम्ला । हुम्ला–हुम्लाका यो वर्ष बीस करोडभन्दा धेरैको जटामासी संकलन भएको छ । यसबाट स्थानीय गाउँठाउँमा केही मात्रामा भए पनि अर्थ चलाएमान हुने आशा गरिएको छ । डिभिजन वन कार्यालय हुम्लामा वन विभागबाट आएको जटामासी संकलन र निकासीको परिपत्रलाई आधार मान्दा यो वर्ष ३३४ टन जटामासी संकलन गरिने भएको छ । साउन यता परिपत्रमा उल्लेख […]
नाम्खाको महाबौद्ध मावि सञ्चालन तर पिसिआर अनिवार्य
हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको केन्द्रमा रहेको एक मात्र माध्यामिक विद्यालय महाबौद्ध माविमा पूर्व निर्धारित सूचना अनुसार कात्तिक १२ गतेबाट सञ्चालनमा आएको छ । तर पनि बाहिरबाट आउने विद्यार्थीहरूले अनिवार्य पिसिआर गरेको हुनु पर्नेछ । गत चैत्र महिनाबाट कोरोना महामारीका कारण वन्द विद्यालय बीचमा एक पटक एक महिनाका लागि सञ्चालनमा आएको हो । हुम्लामा […]
१२ सय वर्ष पुरानो गुम्बा व्यवस्थापनको तितो व्यथा सुन्ने कसले ?
हुम्ला । लाग्छ बाहिरबाट हेर्दा यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो तर होइन रहेछ राज्यले नाम मात्र दिएर काम नदिएको लामो व्यथा र कथा पनि रहेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६, हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा ? असोजमहिनाको पारिलो […]
दशैंका अवसरमा कांग्रेसले यो वर्ष चियापान नगर्ने
काठमाडौँ । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ। कोभिड—१९ का कारण यो वर्ष उक्त कार्यक्रम आयोजना नगरिने निर्णय भएको कांग्रेसले जानकारी दिएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले […]
जनार्दन शर्मासहित परिवारका तीन जनालाई कोरोना संक्रमण
काठमाडौँ । पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्। नेता शर्माकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । साथै शर्माका भाई तथा नेकपाका नेता […]











