काठमाडौँ । पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्। नेता शर्माकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । साथै शर्माका भाई तथा नेकपाका नेता […]
राजनीति
सत्तारुढ नेकपाका दुई समूहबीच झडप, जिल्ला सदस्यको मृत्यु
काठमाडौं, ७ कार्तिक । पर्सामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा दूई समूहवीच झड्प हुँदा पार्टी जिल्ला सदस्यको मृत्यु भएको छ। पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो। गाउँपालिकाको शपथग्रहण कार्यक्रममा केही व्यक्ति प्रवेश गरी व्यानर […]
कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव १८ सांसद उपस्थित बैठकले ग¥यो अस्वीकृत
काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशक संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ। शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बहिष्कार गरेको संसदीय दलको बैठक प्रदेश संसदीय दलको कार्यालयमा बसेको थियो। ३३ प्रदेश सांसदमध्ये […]
महामारीमा अग्रपंक्तिमा खट्ने सुरक्षाकर्मी र सुरक्षाकर्मीलाई सरकारले यसरी बनायो घोर निरास
काठमाडौँ। कोरोना महामारीले विश्वभर त्रास उत्पन्न गराएर मानिसहरु बाहिर निस्कनै नमानेका बेला सरकारले जोखिमबीच अग्र पंङक्तिमा दिनरात खट्ने स्वाथ्यकर्मी, सुरक्षाकर्मीलाई विशेष भत्ता दिने घोषणा गरेको थियो । सबै डराएको महामारीमा सरकारको आदेशको सिरोपर गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु आफ्नो कार्यक्षेत्रमा खटे । संक्रमितकै नजिक गएर उपचार गर्नुपर्ने वा कोरोना भाइरसकै नजिक रहनुपर्ने भए पनि स्वास्थ्यकर्मीहरुले त्यो […]
पहिलो पटक सासु भत्ता वितरण गर्दै सिमकोट गाउँपालिका
हुम्ला । सिमकोट गाउँपालिकाले जिल्लामा नै पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्नका लागि अनिवार्य बैंक खाता खोल्ने अभियान सञ्चालन गरेको छ । तत्कालिन जिल्ला विकास समिति हुम्लाले बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्नाका लागि विभिन्न प्रकारका निर्णय र प्रयास गरे पनि सफल भएको थिएन । पछिल्लो समय हुम्लाका सात स्थानीय तहमध्ये […]
रअका प्रमुख गोयलले बालुवाटारमा राति भेट गरेको प्रधानमन्त्रीका सल्लाहकारले दिए औपचारिक जानकारी
काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सल्लाहकार थापाले एक सम्क्षिप्त प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् । थापाका अनुसार बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री […]
अमेरिकी सरकारी सम्पत्ति चोरी र जासुसी गरेको आरोप लागेका स्नोडनलाई रुसले दियो पीआर
एजेन्सी । अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीका अति गोप्य सामग्री सार्वजनिक गरेका एडवर्ड स्नोडेनलाई रुसले स्थायी बसोबासको अनुमति दिएको छ। उनले रुसमा स्थायी बसोबासको अनुमति स्नोडेनका वकिल अनातोली कुचेरेनाले जनाएका छन्। अमेरिकी सरकारले आम नागरिकमाथि जासुसी गरेको सूचना सार्वजनिक गरेयता स्नोडेन रुसमा बस्दै आएका छन्। रुस सरकारले उनलाई शरण दिएको थियो। ३७ वर्षीय स्नोडेनविरुद्ध अमेरिकामा जासुसी […]
अब हुम्लाका जनप्रतिनिधिले पाउने भए १३ प्रकारका सेवा सुविधा
हुम्ला । हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले अब पुनः तेह्र प्रकारका सेवा सुविधाहरू आ.व.२०७७/०७८ साउनबाट पाउने भएका छन् । कर्नाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ले यो वाधा अडकाउ फुकाएको छ । एक वर्षदेखि सर्वोच्चमा परेको रिट निवेदन किनारा लागे लगतै कर्नाली प्रदेश सरकारबाट जारी गरिएको राजपत्रमा उल्लेख […]
केही घन्टाका लागि मात्र सुटुक्क किन आए भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल
काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। उनी बुधवार दिउसो १ बजे भारतीय वायुसेनाको विमानमा चढेर काठमाडौं एअरपोर्टमा ओर्लिएका हुन् । यही कार्तिक १८ गते भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदैछन् । नरवाणेको उक्त भ्रमणअघि विभिन्न कुराहरु मिलाउन गोयल नेपाल आएको बुझिएको […]
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु गर्ने राष्ट्रिय परीक्षा वोर्डको घोषणा
काठमाडौं, ५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले आगामी मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी नयाँ परीक्षा तालिका सार्बजनिक गरेको हो। गत वैशाख ८ गतेका लागि तय भएको परीक्षा कोरोनाको महामारीका कारण रोकिएको थियो। कक्षा १२ मा देशभरबाट ४ लाख ३२ हजार […]











