अमेरिकी सरकारी सम्पत्ति चोरी र जासुसी गरेको आरोप लागेका स्नोडनलाई रुसले दियो पीआर

एजेन्सी । अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीका अति गोप्य सामग्री सार्वजनिक गरेका एडवर्ड स्नोडेनलाई रुसले स्थायी बसोबासको अनुमति दिएको छ। उनले रुसमा स्थायी बसोबासको अनुमति स्नोडेनका वकिल अनातोली कुचेरेनाले जनाएका छन्।

अमेरिकी सरकारले आम नागरिकमाथि जासुसी गरेको सूचना सार्वजनिक गरेयता स्नोडेन रुसमा बस्दै आएका छन्। रुस सरकारले उनलाई शरण दिएको थियो। ३७ वर्षीय स्नोडेनविरुद्ध अमेरिकामा जासुसी र सरकारी सम्पत्ति चोरीको आरोप छ।

स्नोडेनले आफूमाथि निष्पक्ष रुपमा सुनुवाइ हुने भए आफू अमेरिका फर्किन तयार रहेको बताएका छन्। 

Loading...