पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ ।
३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
‘चिसोमा बढी नै समस्या हुन्थ्यो । मान्छेको निगरानीमा बस्नुपर्ने हुन्छ,’ उनका कानुनी सल्लाहकार वीरेन्द्र केसीले भने, ‘अहिले पनि सुगर डाउन भएर निधन भएको हुन सक्छ ।’