डोजरसहितको टोली मनोहरा सुकुमवासी बस्तीमा, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । 

हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।