काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुलेको छ। सर्वोच्च अदालतले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न बाटो खुलेको हो। प्रधानन्यायाधीश […]
राजनीति
कोरोनामा ६ अर्ब बढी रकम विनियोजन तर बढ्दैछ संक्रमण
काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम विनियोजन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए । […]
बाइडन जित नजिक, मतगणना तत्काल रोक्न माग गर्दै अदालत गए ट्रम्प
काठमाडौं, २० कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले […]
चार हजार मिटर उचाईको गाउँमा हिउँभित्र हरियो तरकारी
हुम्ला । लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार । लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो […]
अनलाइनमार्फत आफू बसेकै ठाउँबाट कक्षा १२ को परीक्षा दिन पाइने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ […]
धमाधम फर्काइँदै पर्यटक, कोरोना परीक्षण रिपोर्ट बिना डोल्पा प्रवेशमा रोक
डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ। जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिना नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो। हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी […]
भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै, काठमाडौंमा बढाइयो उच्च सुरक्षा सतर्कता
काठमाडौं, १९ कार्तिक । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपालको तीन दिने भ्रमणमा आउँदै छन् । भारतीय सेना प्रमुख नेपालमा आउने भएपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता बनाइएको छ । नरवणे नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी बुधवार अपराह्न भारतीय सेनाको […]
अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पभन्दा वाइडन अघि देखिदै, यसरी चयन हुन्छन् अमेरिकी राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएर मत परिणाम आउन सुरु भएको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक उम्ममेदवार जोड बाइडन रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका छन् । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ […]
काठमाडौंलाई मागेर खानेहरुको सहर बनाउनु भएन : मेयर शाक्य
काठमाडौं, १८ कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले खुल्लामञ्च रत्नपार्कमा गत केही समयदेखि सामाजिक अभियन्ता, बिभिन्न दाता, संघ संस्थाले दीनदुःखी असहाय, रोजगार गुमेकाहरुलाई व्यवस्थित ढंगले खाना खुवाएमा कुनै आपत्ति नहुने बताएका छन् । अव्यवस्थित रुपमा खाना खुवाएर संक्रामक रोगलाई अझ फैलाएको भन्दै खुल्लामञ्चमा निःशुल्क खाना खुवाउने अभियानमा महानगरपालिकाले रोक लगाएको थियो। महानगरको […]
राजधानी भियनाको ६ स्थानमा अन्धाधुन्ध ‘आतंकवादी’ आक्रमण
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । […]









