कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, १५ कार्तिक । स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको छ । केही दिन अघि मात्र कोरोना भाइरसबाट संक्रमित बनेका नेता विश्वकर्मालाई धापासी स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

शनिवार एकाएक उनको स्वास्थ्मा खराबी देखिएपछि भेन्टिलेटरमा सारिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मालाई गत हप्तादेखि ग्राण्डीको आईसीयूमा उपचार भइरहेको थियो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । ५४ वषीर्य विश्वकर्माको १ कार्तिक कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

एक हप्तासम्म होम आइसोलेसनमा बसेका उनी ९ कार्तिकमा वीर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि १२ कात्तिकमा उनलाई ग्राण्डी अस्पताल लगिएको थियो ।

Loading...