अनन्त: तुम्बाहाङफेले दिइन् राजीनामा

काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

राजीनामा दिँदै उपसभामुख डा. तुम्बाहाङ्फे

काठमाडौं, ६ माघ । उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संघीय संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् । नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवारको टुंगो लगाएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । उनले यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी थिइन् । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ […]

प्रदेश नं ५: नाम र राजधानी टुङ्गो लगाउन माग

बुटवल, ६ माघ । प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको […]

सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]

सभामुख उम्मेदवारी: नेकपामा फेरिएको समीकरण

काठमाडौं, ६ माघ। डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले अक्कल झुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । तर झन्डै […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ६ माघ । गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । संघीय संसद् सचिवालयले […]

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय […]

प्रदेश १ मा चार राज्यमन्त्री थपिए

काठमाडौं, ५ माघ । मुख्यमन्त्री शेरधन राईले अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार, जसमाया गजमेर सामाजिक विकास, विजयकुमार विश्वास उद्योग, पर्यटन र रामबहादुर मगर भूमि व्यवस्थालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथ लिएका छन्। प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेका अनुसार मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका हुन्

‘प्रधानमन्त्री सिंहदरबारमा नजाने भए ताला लगाइदिऊँ’

काठमाडौँ, ५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाटै सरकार चलाएकोमा आपत्ति जनाएका छन् । आइतवारको राष्ट्रिय सभामा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओली सिंहदरबार नै नआउने हो भने ताल लगाउन अनुरोध पनि गरे । ‘प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउनै छाडेका छन्। राति सुत्न प्रयोग गरिने […]

५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु

बुटवल, ५ माघ । ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आज आइतबार देखि शुरु हुँदैछ । मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन्। आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ। हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी […]