अवरोध नटुंगिएकाले संसद् भंग गरि चुनावमा जानुपर्ने नेपालको भनाइ पछी एमालेको भनाइ आयो यस्तो

फागुन २१,काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको अवरोध नटुंगिएकाले अब  संसद् भंग गरेर चुनावमा जानुपर्ने आफ्नो धारणा सार्वजनिक गरेपछि , यसको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनभित्र भइरहेको अर्ली इलेक्सन (समय अगावैको चुनाव) को बहसलाइ स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र तथा दाउ मात्र भएको  ब्याख्यात्मक टिप्पणी गरेको छ । 

प्रतिनिधि सभाआजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले केपी ओलीलाई अब सहन नसकिने अवस्थामा पुगेको बताएका थिए । उनले केपी ओलीलाई धेरै कति सहने भनी  प्रश्न गर्दै  एमालेले हाउस चल्न नदिने, भत्ता पनि खाइरहने भन्दा संसद् भंग गर्ने, संसद् पनि नरहने गरि वितण्डा समाप्त गरि सबै निर्वाचनमा जानु पर्ने बताएका थिए  ।

नेता नेपालको भनाइको टिप्पणीमा  एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले  संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै  अचानक संसद विघटन गर्ने कुरा चुनाव टार्ने नियतले आएको बताए । उनले अहिले आएर अचानक अर्ली इलेक्सन र  संसद विघटन गर्ने कुरा एकातिर हेरेर अर्कै तिर हिर्काउने भन्ने  रणनीति भएको बताए ।

एमाले सांसदहरूले आइतवारको बैठकमा पनि नाराबाजी जारी  राख्दै  माधव नेपालसहितका १४ सांसदमाथिको कारवाही सभामुख अग्नि सापकोटाले सदर नगरेको विरोधमा प्रतिनिधि सभामा निरन्तर अवरोध गरेको छ  ।

 
Loading...