सुन आयातमा कटौती , अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

फागुन २१,काठमाडौँ-   नेपाल राष्ट्र बैंकले सुन आयातमा कटौती गरेको छ  छ ।  राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न आइतबार एक निर्देश जारी गरेको हो । 

 बैंकहरुले यसअघि  दैनिक २० किलोग्राम सम्म सुन आयात गर्दै आएको थियो  ।  रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको मूल्य निरन्तर बढ्दै क्रम रहे पछि  नेपालको विदेशी मुद्राको संचिति समेत घटेको कारण देखाइ  बैंकले सुन आयातमा कटौती गरि  नियन्त्रणको नीति लिएको हो ।

 
Loading...