नेपाल एयरलाइन्सले पायो साउदी अरेबियामा उडान अनुमति

फागुन २२,काठमाण्डु  ।  नेपाल एयरलाइन्सले साउदी अरेबियामा उडान भर्ने भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीज्यूको पहलमा साउदीको जनरल अथोरेटी अफ सिभिल एभिएसनले आइतबार निगमलाई उडान अनुमति दिएको हो । निगमले यो रुटमा उडानको तयारी गरेतापनि  उडान अनुमति भने पाउंन सकेको थिएन ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले उडान अनुमति पाएसंगै अव साउदी अरेबियाको रियाद,दमाम र जेद्दामा साताको तीन वटा नियमित उडान हुने नेपाल बायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकी छिन् ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान शुरु गर्ने भएको छ ।