कांग्रेसले आजदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि स्थानीय चुनावलाई लक्षित गरी एक महिने विशेष चुनावी अभियान संचालन गर्दैछ । यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसकै तयारीका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

यस अभियानमाकांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा दिएर वडा तहसम्म नेता तथा कार्यकर्ता परिचालन गर्दैछ । यो क्रममा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छरिएका भ्रम हटाउन निर्देशन दिइएको छ ।

अभियानका लागि सातै प्रदेश समितिलाई कार्ययोजना बनाउन भनिएको छ । यही क्रममा स्थानीय तहमा सम्भावित उम्मेदवारको सूची बनाउन पनि प्रदेश समितिलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, जिल्ला समितिलाई प्रत्येक वडामा खटिने टोली बनाउन निर्देशन दिइएको छ । ७७ वटै जिल्लामा एक साथ आज दिउँसो १ बजे अभियानको उद्घाटन हुँदैछ ।

Loading...