सुर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर नयाँ पार्टीको गठन गरेका हौ : अध्क्षय नेपाल

 फागुन २८ , काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागिसकेपछि ओलीलाई छाडेर नयाँ पार्टीको गठन गरेको बताउनुभएको छ। रौतहटमा नेकपा (एकीकृत समाजवादी) दुर्गा भगवती गाउँपालिका गाउँ कमिटीले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो।

नेकपा एमालेमा अराजकता मच्चाउन थालेपछि अलग भएर नयाँ पार्टी निर्माण गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गराएर अराजकताबाट मुलुकलाई मुक्ति दिलाउनु परेको अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री नेपालले स्थानीय तहसहित प्रदेश र संघीय निर्वाचनमा माओवादी, जसपासँग सहकार्यको लागि छलफल भइरहेको उल्लेख गर्नुभयो। कांग्रेसलाई पनि छलफलमा समावेश गरिएको उहाँको भनाइ छ।

केपी ओली जस्ता प्रवृतिको कारण मुलुक निकै कठिन घडीबाट गुजे्ररको र बल्लतल्ल पार पाएको उहाँको भनाइ छ। कार्यक्रमममा श्रम रोजगारमन्त्री किसान श्रेष्ठले एमसीसीकै विषयमा धेरै बखेडा भएको उल्लेख गर्नुभयो। नेकपा एसकै कारण १२ बुँदे व्याख्यात्मक शर्तको साथ एमसीसी सदनबाट पारित गर्दा पार्टी प्रति जनतामा उत्साह एवं विश्वास बढेर गएको उहाँको भनाइ छ।

नेकपा एस दुर्गाभगवती गाउँपालिका गाउँ कमिटीका अध्यक्ष सन्तोष झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी समिति सदस्यद्वय रामचन्द्र झा, डा. वंशिधर मिश्र, मधेस प्रदेशको वन राज्यमन्त्री नागेन्द्र राय यादव, महिला नेतृ सरला यादवलगायतले मन्तव्य राख्नुभयो।

अध्यक्ष नेपालले नेकपा एमाले छाडेर आएको नवप्रवेशी युवा नेता रौशन झाको नेतृत्वमा करिब दुई सय कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि स्वागत गर्नुभएको हो।

 

gorkhapatraonline.com बात 

Loading...