६ करोड ठगी गरेको आरोपमा पाण्डे पक्राउ

फागुन २७ ,काठमाडौँ – ६ करोड रकम ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध  जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका आधारमा   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई आज शनिवार बिहान भक्तपु काँडाधारी बात  पक्राउ गरेको हो ।   

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले  पक्राउ परेका पाण्डेलाई थप कारवाही प्रक्रियाको लागि जि प्र का दाङ पठाउने तयारी भइरहेको जानकारी दिनु भयो । तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा उनले  पाएका थिए । 

त्यसअघि पाण्डेविरुद्ध घोराही उपमहानगरपालिकाका इन्चार्ज गेहेन्द्र बस्नेतले ठगी गरेको बताउँदै उजुरी दर्ता गराएका थिए । घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो ।

तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेका पक्राउ परेका ठेकेदार पाण्डेविरुद्ध  १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।