स्थानीय तहको चुनावमा गठबन्धन तालमेल, मेयरका उमेदवारमा यस्तो तैयारी

फ़ागुन २९,काठमाडौँ ।   आउदो बैशाख ३० मा हुने स्थानि तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गर्ने भएको छ । 

गथबन्धनले  स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका , उप-महानग्पलिका .नगरपालिका र गाउ पालिकाका उमेदवारहरुको टुंगो लागाएको बुझिएको छ ।   गथवन्धन्मा अवद्द दलका शीर्ष नेताहरुबीच भएको छलफलमा महानगरपालिकामा नै गाथा बन्धन गर्ने समहमति भनेको उच्च स्रोतको दावी छ । 

उक्त सहमति अनुसार काठमाडौँ , ललितपुर र बिराटनगर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने भनेको छ ।  भरतपुर महानगरपालिकामा भने नेकपा ( माओवादी केन्द्र ) लाइ दिने लगभग सहमति बनेको छ । 

पोखरा महानगरपालिकामा माधव नेपाल नेतृत्व नेकपा ( एकिकृत समाजवादी )लाइ दिने र विरग गंज महानगरपालिकामा उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टीले लिने सहमति बनेको छ । 

अबको चुनाबमा एमालेले आफ्नो ध्यान केन्द्रत गरेको भरतपुर महानगरपालिकालाइ लिनु पछाडी उसले आफ्नो प्रतिष्ठाको विषय संग पनि  जोडेको छ ।  तर गठबन्धनमा प्रचन्डले भरतपुर महानगपलिकामा रेणु दाहाललाइ नै निरन्तरता दिन चाहेका छन् ।   भरतपुर महानगरपालिकामा रेणुले निकै राम्रा उल्लेखीय काम हरुगरि प्रसंशा बटुल्न सफल भएका कारण यो पटक पनि जित हासिल सजिलो हुनसक्ने आकलन गरेको छ – यसमा अरु पार्टीका शिर्षनेता संगै प्रधान मंत्री शेरबहादुर देउवा पनि सकारात्मक भएको स्रोतको भनाइ छ  । 

यसैगरि एकिकृत माओवादीले अन्य नगरपालिकाको उमेदवार छ्निसकेको छ ।  तर भागवण्ड मिलन बाकि रहेको भन्दै सार्वजनिक नगरिएको माओवादी निकट स्रोतको भनाइ छ।

नेपाली कांग्रेसले सत्तागठबन्धनका अन्य दलसँग चुनावी तालमेलका विषयमा चैतको दोस्रो साता मात्रै निर्णय गर्ने भनेको छ । सुर्खेत पुगेका महामन्त्री  थापाले आज गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय नभएको बताएका हुन्। सत्ता गठबन्धन र चुनावी तालमेल फरक कुरा भएको उनको भनाइ रहेको छ ।

 

 

 

Loading...