ट्राफिक प्रहरीलाई प्रदुषणबात उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न (नश्यकर्म) प्रशिक्षण

फागुन २९,काठमाडौँ ।   जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा ट्राफिक प्रहरीलाई “प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)”प्रशिक्षण प्रारम्भ भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले केन्द्र र महाशाखाको संयुक्त आयोजनामा संचालन भएको  “प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)” एक समारोहका बीच ३ दिने प्रशिक्षण कार्यक्रमको ‍समुत्घाटन गर्नु भयो  ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक डा. अञ्जु कार्की लगायत अन्य ५ जना प्रशिक्षकहरूको समूहद्वारा महाशाखाका सहभागी २५ जना प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई चैत १ गतेसम्म नश्यकर्म सम्वन्धी प्रशिक्षण कार्यक्रम संचालनमा रहने छ  ।

 
Loading...