सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]

सभामुख उम्मेदवारी: नेकपामा फेरिएको समीकरण

काठमाडौं, ६ माघ। डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले अक्कल झुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । तर झन्डै […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ६ माघ । गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । संघीय संसद् सचिवालयले […]

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय […]

प्रदेश १ मा चार राज्यमन्त्री थपिए

काठमाडौं, ५ माघ । मुख्यमन्त्री शेरधन राईले अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार, जसमाया गजमेर सामाजिक विकास, विजयकुमार विश्वास उद्योग, पर्यटन र रामबहादुर मगर भूमि व्यवस्थालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथ लिएका छन्। प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेका अनुसार मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका हुन्

‘प्रधानमन्त्री सिंहदरबारमा नजाने भए ताला लगाइदिऊँ’

काठमाडौँ, ५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाटै सरकार चलाएकोमा आपत्ति जनाएका छन् । आइतवारको राष्ट्रिय सभामा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओली सिंहदरबार नै नआउने हो भने ताल लगाउन अनुरोध पनि गरे । ‘प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउनै छाडेका छन्। राति सुत्न प्रयोग गरिने […]

५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु

बुटवल, ५ माघ । ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आज आइतबार देखि शुरु हुँदैछ । मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन्। आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ। हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी […]

प्रदेश १ मा चार राज्यमन्त्री थपिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी […]

अग्नि सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्षद्वय सहमत

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेको छ। आइतबार बिहान दुई अध्यक्षको बैठकले सापकोटाको नाममा सहमति जुटाएको हो। प्रचण्डनिकट एक स्थायी समिति सदस्यले सापकोटाको नाममा अध्यक्षद्वय सहमतिमा पुगेको जानकारी दिए। दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने […]

संसदबाट एमसीसी जसरी पनि पारित हुन्छ – देउवा

दाङ, ५ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जसरी पनि संसदबाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले त्यस्तो बताएका हुन्। उनले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुने विश्वास व्यक्त गरे। विकसित मुलकका लागि एमसीसी मुटु नै भएको उनको […]