यो हाम्रो जमिन र स्वतन्त्रताको लडाइँ हो, कसैले तोड्न सक्दैन: युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गरेका छन्।

उनले सम्बोधनका क्रममा आफ्नो देशमा अकल्पनीय त्रासदीको अवस्था रहेको बताएका छन्। ‘कोही कसैले हामीलाई तोड्न सक्दैन’, उनले भने, ‘किन कि हामी युक्रेनियन हौँ।’

उनले युक्रेनी जनता आफ्नो जमिनका लागि, आफ्नो स्वतन्त्रताका लागि र आफ्नो जीवनका लागि लडिरहेको बताए।

जेलेन्स्की युरोपेली संसदको विशेष सत्रमा भिडिओ कन्फरेन्समार्फत जोडिँदा उनलाई सदस्य राष्ट्रका प्रतिनिधिहरुले ताली बजाएर स्वागत गरे।

भावुक वातावरणबीच जेलेन्स्कीले रुस युक्रेनी बालबालिकालाई निशाना बनाइरहेको पनि बताए। उनले रुसी आक्रमणमा अहिलेसम्म १६ जना बालबालिका मारिएको पनि बताए।

Loading...