पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको  षड्यन्त्र चकानाचुर , दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त भयो : माधव नेपाल 

फागुन १७, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको  षड्यन्त्र चकानाचुर भएको बताउनु भयो ।  नेकपा एमाले तिर लक्षित गर्दै मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताउनुभएको हो। 

अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी गर्नुभयो । फागुन १ गतेको षड्यन्त्र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने खोजिएको भन्दै  उहाले भन्नु भयो  ‘हामीलाई थाहा हुँदैन र बालकोटमा के के षड्यन्त्र भएको थियो ?’

अध्यक्ष नेपालले प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई षड्यन्त्र नगर्न समेत सुझावसमेत दिनुभएको छ। ‘ गलत बाटोबाट फर्किनुहोस्’, उहाँले भन्नुभयो, ‘तर, तत्काल फर्कनेवाला हुनुहुन्न। भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’ उहाको भनाइ थियो ।

अध्यक्ष माधवकुमार नेपालले आफ्नी पार्टी एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाको निवारण अमेरिकाले गरेको र व्याख्यात्मक घोषणाले पनि यसबारेका भ्रमलाई स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको तथा सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको स्पष्ट पारेसँगै एमसीसी अनुमोदन गरिएको  बताउनुभयो । 

एमालेले एमसीसी सम्झौतालाई आफैंले संसदमा अगाडी बढाए पनि तत्कालिन प्रधानमन्त्री ओली र ओली नेतृत्वका मन्त्रीले यसबारेमा विवाद सिर्जना गरेको आरोप पनि लगाउनुभयो ।

एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानूनी मान्यता पाउने उहाँको भनाइ छ । उहाले सम्झौता अनुमोदनपछि अमेरिका र छिमेकी राष्ट्र चीनबाट समेत सकारात्मक प्रतिक्रिया आएकोे बताउनु भयो ।

 

Loading...