युक्रेनमाथि आक्रमण पछि डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट

फागुन १७,काठमाडौँ – रुसले  युक्रेनमाथि आक्रमण पछि अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट  आएको छ । 

बिबिसीका अनुसार युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण  रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट  आएपछी    रुसी अर्थतन्त्र समस्यामा परेको हो । 

 नागरिकहरु  एटीएमबात रकम झिक्नेहरूको भिड लाग्दा केन्द्रीय बैंकले बचतमा  ब्याज दर दोब्बरभन्दा धेरै बढाएर २० प्रतिशत पुर्‍याएकाे छ । 

युरोपेली युनियन (ईयू) को प्रतिबन्धपछि युरोपमा रहेका रुसी स्वामित्वका बैंकहरूले काम बन्द गरिसकेका छन् ,भने  मस्को शेयर बजार बन्द अवस्थामा पुगेको छ । साथै रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाइएका कारण झन्डै ६ सय ३० अर्ब डलर विदेशी मुद्रा सञ्चिति प्रयोग गर्न नपाउने अवस्थामा पुगेको छ ।

रुसको केन्द्रीय बैंकले  अर्थतन्त्रमा असर पर्न सक्ने देखिएपछि सबै विदेशी संस्था तथा व्यक्तिलाई सेयर तथा रुसमा गरिएको लगानी बिक्री गर्न रोक लगाएको छ ।

 

 

Loading...