फागुन१७ ,काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे अध्क्षय ओलीले प्रेस बक्तव्य जारिरी गर्दै एमसीसी परियोजना संसद्बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी रहेको आफ्नो धारणा व्यक्त गर्नु भएको हो ।
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।
फागुन १५ गते आइतबार प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको छ ।