माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै , स्थानीय निर्वाचनको तयारी र रणनीति तय हुने

फागुन २० , काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज  बस्ने भएको छ ।  बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने  पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकले  गत पुस १८ गते सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारेकार्यनीति तय गर्ने छ भने , महाधिवेशनले तय गरेका र छुटेका कामकारबाही पूरा गर्ने, साङ्गठनिक बाँकी काम पूरा गर्ने छ र स्थानीय निर्वाचनको तयारी र रणनीति तय हुने माओवादी केन्द्रका नेता देव गुरुङले बताउनु भयो ।

नेता गुरुङका अनुसार बैठकले अमेरिकी आर्थिक सहायता (एमसीसी) अनुमोदन भइसेपछि माओवादी पार्टीभित्र देखिएको विवादलाई सहमतिमा ल्याउने काम  हुने छ ।  

 

Loading...