अर्ली इलेक्सनको सम्भावना छैन, एमालेले संसद चल्न नदिएकाले भ्रम फैलाईए मात्र: अध्यक्ष प्रचण्ड

फागुन ३० , काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको अब सम्भावना नभएकाे बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज (सोमबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमालेले संसद चल्न नदिएकाले अर्लि ईलेक्सनको भ्रम फैलाईएको बताउदै  अब सम्भावना नहुने बताउनुभयो ।

दाहालले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भईसकेकाले सोही अनुसार संसदको चुनाव पनि नियमित तालिका भित्रै  हुने भन्दै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकारमा  एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर  नेपाली काँग्रेसलाई पनि संलग्न गराउने सहमति भईसकेको बताउनुभयो ।

 

Loading...