फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् : कांग्रेस महामन्त्री शर्मा

फागुन २५,काठमाडौँ  ।  सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको भनि टिप्पणी गरेका छन्।   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज मोरंगको रंगेलीमा आज आयोजित सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले कांग्रसको बुढो रुख जोगाउन  स्थानीय तहको चुनावका लागि बन्ने  मत पत्रनै हरियो बनाउन खोजेको  आरोप प्रति आप्प्ति जनाउदै  महामन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् ।

महामन्त्री शर्माले भने   “ पहिला उखान थियो, भदौमा आँखा फुटेको खै  केले सधैँ हरियो देख्छ । अहिले यो उखान परिवर्तन भएको छ ,  फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् ।”

ओली आफ्नै फुटबाट आत्तिएको भन्दै उनले कांग्रेसको सम्भावित जितबाट तर्सिएको बताए । “कांग्रेस अस्वस्थ प्रतिस्पर्धाको पक्षमा छैन । हामीले कांग्रेस जिताऔँ होइन, हरेकलाई निर्वाचनको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छौं ।   स्वस्थ प्रतिस्पर्धामा आउने जनमतलाई आफुहरुले  सहश्र स्वीकार गर्दै   कांग्रेसको सम्भावित जितबाटै नआत्तिन उन्ले आह्वान गरे ।   

 

Loading...