युक्रेनको दावी : लडाइमा अहिले सम्म १२ हजार रुसी सैनिकले ज्यान गुमाइ सके

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति-

रूस र युक्रेन जारी युद्धका  बीच यूक्रेनले अहिले सम्म १२ हजार रुसी सैनिकले ज्यान गुमिसकेको दावा गरेको छ । यूक्रेनका  विदेश मात्रलेले आज एक ट्वीट गरि उक्त  दावि गरेको हो  । 

यूक्रेनले अहिले सम्म ४९ युद्द विमान ८१ हेलिकप्टर ३१७ ट्यक र १०७० युद्दमा प्रयोग हुने सवारी साधन नष्ट गरेको दावी गरेको छ  ।     

 

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति-

यसै गरी रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति भएको छ । स्थानीय समयअनुसार आज बुधवार बिहान ९ बजेदेखि भाेलि बिहीवार बिहान ९ बजेसम्म युद्धविराम गर्ने सहमति भएको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

यो युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न समय प्राप्त भएको छ । उत्तर–पश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको बमबारीबाट बच्न किएभमा सारिने बताइएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले युक्रेन शरणार्थीहरूको सङ्ख्या २२ लाख जनासम्म पुगेको अनुमान गरेको छ । 

गए राति भएको हवाई आक्रमणमा सुमीमा २२ जना सर्वसाधारणको ज्यान गएको बीबीसीले जनाएको छ । 

 

 

एजेन्सी