कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ । “नतिजा श्रावण तेस्रो साता वा नभए अन्तिम साता सम्म […]

गौतम बुद्ध रङ्गशाला निर्माणको काम पुनः शुरु हुने

चितवन, ६ साउन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल ध्रुर्मुश कुञ्जना घिमिरे सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको हो […]

ऐन मिचेर विश्वविद्यालय पदाधिकारी छानिँदै

काठमाडौं ६ असार । सात विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको पदावधि भदौ ५ देखि सकिँदै छ । ती पदमा नियुक्तिका लागि सिफारिस समिति गठन नगरी राजनीतिक पहुँचका आधारमा भित्रभित्रै नाम छान्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट समूहले उपकुलपतिका निम्ति नामावली चयन गर्न थालेको स्रोतले जनाएको छ । ऐनअनुसार विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीले सहकुलपति रहेका शिक्षामन्त्रीको […]

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

काठमाडौं ,६ साउन । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा […]

पाँचथरमा घट्यो अर्को दर्दनाक घटना, २ को मृत्यु

फिदिम, ६ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी […]

एकाबिहानै रामजानकी मन्दिर नजिक भारतीय नागरिकको घाँटी रेटेर हत्या

सुनसरी, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा घाँटी रेटेर भारतीय नागरिकको हत्या भएको छ। देवानगञ्जको बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार […]

अनौठो गरी कम्मरमा दुइ किलो सुन बाँधेका १७ वर्षे युवक थानकोटमा पक्राउ

काठमाडौं, ५ साउन । काठमाडौंको नागढुंगाबाट प्रहरीले अचम्मको कलापूर्ण तरिकासहित सुन ल्याउने एक युवकलाइ पक्राउ गरेको छ । भैरहवाबाट आउँदै गरेको एक ट्रकबाट ती युवकलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा घर भएका १७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनले कम्मरमा बेरेर अर्कै दुई किलो पहेँलो धातु बोकेका थिए । उक्त धातु […]

यस्ता छन् ठूलो कसरतपछि सार्वजनिक नेकपा जिल्ला इन्चार्ज र सह-इन्चार्ज

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका ७७ जिल्ला र ६ महानगरपालिका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला […]

महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । “कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको […]

जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी

उदयपुर, ५ साउन । जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी भएका छन् । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका हुन् । त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु […]