कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ ।

“नतिजा श्रावण तेस्रो साता वा नभए अन्तिम साता सम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं, ” उनले भने । उनको अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुने छ ।

Loading...