सङ्घीय संसद्का कामकारवाहीबारे कर्णालीमा छलफल

सुर्खेत, ७ साउन । गत आर्थिक वर्ष २०७५/७६ को असार महीनामा सङ्घीय संसद्मा भएका कामकारवाहीबारे कर्णाली प्रदेशमा छलफल भएको छ । नेपाल कानून समाजअन्तर्गत नागरिक संवाद केन्द्र कर्णाली प्रदेश कार्यालयको आयोजनामा सङ्घअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत विधेयक, प्रतिवेदन र विभिन्न संसदीय समितिको काम कारवाहीबारे सोमबार सुर्खेतमा छलफल भएको हो । छलफलमा सरकारले निर्माण गर्ने कानूनमा […]

गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने तीन पक्राउ

७ साउन, मुग्लिन । चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा।लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

७ साउन, नरायणगढ । मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नरायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा […]

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल

७ साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार […]

आन्तरिक सुरक्षा चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले सोमबार यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उनले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए । “सुढृढ र […]

३५ सय घुस सहित असई समातिए

नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ ) घुस रकम सहित पक्राउ परेका छन् । असइ प्रेम बहादुर थापा घुस रकम सहित पक्राउ परेका हुन् । प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस खाएको अख्तियारको दावी छ । रकम नदिएपछि पटक […]

माहिला लामा पछि पक्राउ परे जुम्ला सेक्रेटरी सहित २ जना कार्यकर्ता

जुम्ला, ६ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन […]

प्रकोपबाट ३ महिनामै १९५ को मृत्यु

काठमाडौँ, ६ साउन । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिए । उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । […]

तिलगङ्गा आँखा प्रतिष्ठानको फड्को, डब्लुएचओ समन्वय केन्द्र मान्यता पायो

काठमाडौँ, ६ साउन । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था […]