३५ सय घुस सहित असई समातिए

नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ ) घुस रकम सहित पक्राउ परेका छन् । असइ प्रेम बहादुर थापा घुस रकम सहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस खाएको अख्तियारको दावी छ । रकम नदिएपछि पटक पटक दु:ख हैरानी दिई व्यवसायमा कठिनाई पुर्‌याएको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

असई थापाले सेवाग्राहीसँग तीन हजार पाँच सय रुपिँया घुस वापतको रकम लिइसकेको अवस्थामा ओमसतिया गाउँपालिका- ४ स्थित एक रेष्टुरेन्टबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएका छन् ।

Loading...