पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय […]

प्रहरी कुटपिटले युवाको ज्यान गएको आरोपमा असई धामी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु

सुर्खेत, २२ फागुन । कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको कुटपिटबाट ज्यान गएकाे आरोपमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएर तीन दिन म्याद थप […]

आज प्रतिनिधिसभा बैठक, त्यसअघि कार्यव्यवस्था समितिको बैठक बस्दै

२२ फागुन,काठमाडौँ –  प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले […]

काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

फागुन २१, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले  काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आज शनिबारदेखि खुला गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर  उपत्यका जिल्ला प्रशासन  कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन भनी नयाँ आदेश जारी गरेको हो ।  तीन जिल्ला प्रशासनले शुक्रबार जारी गरेको आदेशानुसार शनिबारदेखि […]

नेपाल पनि युक्रेनको पक्षमा, भारत तटस्थ, चीन विपक्षमा

काठमाडौँ । युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्। ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन्। नेपाल पनि अहिले संयुक्त […]

यो हाम्रो जमिन र स्वतन्त्रताको लडाइँ हो, कसैले तोड्न सक्दैन: युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा आफ्नो देशमा अकल्पनीय त्रासदीको अवस्था रहेको बताएका छन्। ‘कोही कसैले हामीलाई तोड्न सक्दैन’, उनले भने, ‘किन कि हामी युक्रेनियन हौँ।’ उनले युक्रेनी जनता आफ्नो जमिनका लागि, आफ्नो स्वतन्त्रताका लागि र आफ्नो जीवनका लागि लडिरहेको बताए। जेलेन्स्की युरोपेली संसदको […]

युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो जानकारी दिएका हुन्। बीबीसी हिन्दीले मृत्यु भएका विद्यार्थी नवीनसँगै युक्रेनको खार्किभमा बस्ने भारतीय विद्यार्थी श्रीकान्त चेन्नागौडासँग कुरा गरेको छ। नवीनले आफ्ना नजिकका साथी श्रीकान्तलाई खाना किन्नका लागि पैसा ट्रान्सफर गर्न अनुरोध गरेका थिए। खार्किभबाट बीबीसी हिन्दीसँग […]

 एमसीसीबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै 

फाल्गुन १७, काठमाडौं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित रोयेल  ब्यांकेटमा पत्रकार सम्मेलन गरेर एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न  लागेका हुन् । एमालेले संसद बैठक अवरोध गरेपनि फागुन १५ गते […]

व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता पारित ( मुख्य बुँदा सहित )

फागुन १५, काठमाडौं ।  विवाद र विरोधका बीच अन्ततः अमेरिकी संस्था एमसीसीसँग भएको विवादित सम्झौता संसदबाट ध्वनी मतले पारित भएको छ ।  विभिन्न १२ बुँदाको व्याख्यात्मक घोषणा गर्दै सत्ता गठवन्धनले आइतबार राति ९ बजे एमसीसी सम्झौता पास गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका […]

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

१५ फाल्गुन ,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि डाकिएको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । उक्त प्रस्ताव अघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यसूचिमा उल्लेख छ । यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार […]