
फागुन २१, काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आज शनिबारदेखि खुला गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर उपत्यका जिल्ला प्रशासन कार्यालयले कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन भनी नयाँ आदेश जारी गरेको हो । तीन जिल्ला प्रशासनले शुक्रबार जारी गरेको आदेशानुसार शनिबारदेखि लागू हुनेगरी लगिदै आएका प्रतिबन्धात्मक व्यवस्था हटाइएको र सबै गतिविधि नियमित रूपमा सञ्चालन गर्न सकिने भनेको छ । यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न सो आदेशले भनेको छ ।
यसअघि संक्रमण नियेंत्रण गर्न तिनै प्रशासनले अन्तिम पटक माघ २३ गते राति १२ बजेदेखि लागू हुनेगरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो ।







