फागुन २० ,कीव, एजेंसी। विश्वको सबैभन्दा ठुलो अर्थव्यवस्था भएको सात देशोहरुको समुह जी सेभेनले यूक्रेनका नागरिक तथा निवास क्षेत्रमा भएको सैन्य हमलाबात भएको मानवीय क्षतिलाइ लिएर रूसको कडा आलोचना गरेको छ । साथै ति देशहरुले यस घटना लाइ लिएर युद्ध अपराधको जिम्मेदार र जवाबदेहि तय गर्न आग्रह गरेको छ । जी सेभेनमा अमेरिका, ब्रिटेन, फ्रांस, इटली, कनाडा, जर्मनी र जापान शामिल रहेका छन् ।
अमेरिकाका विदेश मंत्रालयको तफबाट शुक्रवार जारी संयुक्त वक्तव्यमा जी-सेभेनका विदेश मंत्रीहरुले यूक्रेन माथि रूसको बढ्द हमलाको निन्दा गरेको छ । उनीहरुले भन्छन – ‘ अंतरराष्ट्रीय मानवीय कानूनमा आम सर्व साधारणमाथि अंधाधुंध हमलालाइ प्रतिबंधित गरेको छ । हामी नागरिकहरु माथि अंधाधुंध हमला र हतियारको प्रयोगका लागि जिम्मेदार व्यक्तिहरुलाइ युद्ध अपराधको जिम्मेदार ठहराउछौ । वक्तव्यमा रूसबात यूक्रेनको परमाणु संयंत्रहरुको आसपास क्षेत्रमा भइरहेको आक्रमण रोक्नलाइ आग्रह समेत गरेका छौ । ’