यूक्रेनी नागरिक माथि आक्रमणको ‘ जी सेभेन ’ ले गर्यो रूसको कडा आलोचना

फागुन २० ,कीव, एजेंसी।    विश्वको सबैभन्दा ठुलो अर्थव्यवस्था भएको सात देशोहरुको समुह  जी सेभेनले  यूक्रेनका  नागरिक तथा निवास क्षेत्रमा भएको सैन्य हमलाबात भएको मानवीय क्षतिलाइ लिएर रूसको कडा  आलोचना गरेको छ । साथै ति देशहरुले यस घटना लाइ  लिएर युद्ध अपराधको जिम्मेदार र जवाबदेहि तय गर्न  आग्रह गरेको छ । जी सेभेनमा  अमेरिका, ब्रिटेन, फ्रांस, इटली, कनाडा, जर्मनी र  जापान शामिल रहेका छन् । शुक्रवार अमेरिकाका  विदेश मंत्रालयको तफबाट जारी संयुक्त वक्तव्यमा  जी सेभेनका विदेश मंत्रीहरुले यूक्रेन माथि  रूसको बढ्द हमलाको निन्दा गरेको छ । उनीहरुले भन्छन  – ‘ अंतरराष्ट्रीय मानवीय कानूनमा आम सर्व साधारणमाथि  अंधाधुंध हमलालाइ प्रतिबंधित गरेको छ । हामी नागरिकहरु माथि  अंधाधुंध हमला र हतियारको प्रयोगका लागि जिम्मेदार व्यक्तिहरुलाइ युद्ध अपराधको जिम्मेदार ठहराउछौ । वक्तव्यमा रूसबात यूक्रेनको परमाणु संयंत्रहरुको आसपास क्षेत्रमा भइरहेको आक्रमण रोक्नलाइ आग्रह समेत गरेका छौ । ’

 
 
 
Loading...