काठमाडौँ, ६ चैत । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा माेरङका एसपी जनार्दन जिसीसहित १८ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था चिन्ताजनक भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको छ। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको […]
मुख्य समाचार
चुनाव प्रचार प्रचारमा दलको झण्डा वा चुनाव चिह्न अंकित टोपी-टिसर्ट लगाउन नपाइने
चैत ३ ,काठमाडौं – नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो / टोपी, टिसर्टलगायतको प्रयोग गरि प्रचार प्रचार गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो। आचारसंहितामा यस्तो भनिएको छ – ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार […]
होलिमा धुमधाम रमाउदै – फोटोहरु
चैत ३, काठमाडौँ। फागु पर्वको रमझम काठमाडौँका विभिन्न स्थानमा युवा पुस्ताको निकै बाक्लो रहयो। बसन्तपुर क्षेत्रमा होलि अर्थत् फागुमा रमाउनेको भिडले थेग्नै नसकिने गरि भरि भरिभराउ बने ।
परम्परागत संगीतले सजिएको ‘होलि इष्ट एण्ड वेष्ट’ गीत सार्वजनिक (भिडियो)
(विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालले सृजना गरेको यस गीतमा प्रसिद्ध कलाकार प्रशान्त ताम्राकार तथा अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ । ललितपुरको सांस्कृतिक महत्वले भरिएको भिंछेबहालमा छायाँकन गरिएको उक्त गीत नेपाली, नेपालभाषा, मैथिली, अँग्रेजी भाषाको समिश्रणमा तयार भएको हो । प्रोजेक्ट बाजा […]
हरिप्रभा काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने सम्भावना
चैत्र २ ,काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेर गरेको छ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती तथा पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले आज ट्वीट गर्दै आगामी स्थाय तहको चुनावमा हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै लेख्नु भएको छ । उनले ट्वीटरमा लेखेकी छिन्,‘पुरुष मेयर […]
संसदको हिउँदे अधिवेशनको अन्त्यसँगै प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र
२ चैत्र काठमाडौं । संसदको अधिवेशन गए रातिबाट अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । संसदको अधिवेशन अन्य भएसँगै प्रतिनिधि सभामा छलफलको क्रममा रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्धको महाअभियोग प्रस्ताव पनि अलपत्र परेको छ । फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना […]
माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ हुने
फागुन २९,काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध वैधानिकताको सम्बन्धीमा दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको […]
प्रतिनिधिसभाको बैठक आज बस्दै,, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । संसदको दशौँ अधिवेशनको ११ औँ बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सम्भावित कार्यसूची छ । संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम […]
स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने
फागुन २७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो । प्रत्येक राजनीतिक […]
५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क हुने
फाइल फोटो- फागुन २७,काठमाडौँ – सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बिहिबार बसेको बैठकले वर्षमा १ पटक ५० वर्ष भन्दा […]











