स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने

फागुन २७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ  ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि  आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो ।

 प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आयोगले भनेको छ ।

आयोगले दलहरुलाई  निर्वाचनको तैयारी तथा  कार्यप्रगति जानकारी गराउने र  आवश्यक रायसुझाव पनि लिने बुझिएको छ ।

आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।

Loading...